समाज


बाल्कोनीमा योगा गर्न खोज्ने महिला खसिन्, १ सय १० हड्डी भाँच्चिए

बाल्कोनीमा योगा गर्न खोज्ने महिला खसिन्, १ सय १० हड्डी भाँच्चिए

नेपालखबर
भदौ २१, २०७६ शनिबार १०:४३,

उनको योगा खतरनाका थियो कारण उनी बाल्कोनीमै अडिएर हातले केही नपक्री योगा गरिरहेकी थिइन्।

दुर्भाग्य उनी छैठौं फ्लोरबाट खसिन्। उनको शरीरका ११० हड्डीहरु भाँच्चिए। यद्यपी उनको ज्यान भने जोगिएको छ।

एल इम्पारिकलका अनुसार एलेक्सा टेरेजाज ठूलो भवनबाट तल खसेकी हुन्। उनी बगैँचामा खसेकाले बाँचेकी हुन्।

खबरका अनुसार एलेक्सा मेक्सिकोकी चर्चित महिला हुन्। उनी खतरनाक योगा गरेर भिडियो बनाउँथिन्।

एलेक्साको दुवै खुट्टा, शिर, दुवै हात तथा खुट्टा र कम्मरबीचका हड्डीहरु भाँचिएका छन्।

उनी यतिबेला होसमा भएता पनि उनको अवस्था निकै नाजुक भएको बताइएको छ।

डाक्टरका अनुसार उनले सामान्य रुपमा हिँड्नका लागि अब ३ वर्षसम्म लाग्नेछ।

मेक्सिको सरकारले आफ्ना नागरिकहरुलाई खतरनाक योगा नगर्न आग्रह गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad