समाज


मेक्सिकोमा आपराधिक समूहको आक्रमण, १४ प्रहरी मारिए

मेक्सिकोमा आपराधिक समूहको आक्रमण, १४ प्रहरी मारिए

नेपालखबर
असोज २८, २०७६ मंगलबार ७:२,

मेक्सिकोमा आपराधिक समूहको आक्रमणमा परी १४ प्रहरी मारिएका छन्। आक्रमणमा तीन जना घाइते भएको बीबीसीले जनाएको छ।

मिचोआकान राज्यस्थित एल अग्वाजेमा आपराधिक समूहको एम्बुसमा प्रहरीहरु परेका हुन्।

मेक्सिकोका शक्तिशाली आपराधिक समूह जालिको लुभा जेनेरासिअन कार्टलले प्रहरीमाथि आक्रमण गरेको आशंका गरिएको छ।

प्रहरीमाथि आक्रमण भएको उक्त क्षेत्र लागु औषध कारोबारी, आपराधिक समूह र माफियाको क्षेत्र मानिन्छ।

यस्ता समूहले त्यहाँ प्रहरीलाई निशाना बनाउँदै आएका छन्।

गत डिसेम्बरमा आन्द्रेस म्यानुअल लोपेज मेक्सिकोका राष्ट्रपति बनेपछि उनले त्यहाँ लागु औषध कारोबार नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad