समाज


दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

नेपालखबर
चैत ७, २०८० बुधबार ५:३९, धादिङ

धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। 

दाउरा काट्न रुख चढेको बेला लड्दा वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए। 

रुखबाट लड्नेबित्तिकै उनलाई उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो। वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका थिए।

वडा सदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले आज बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ। 

नीलकण्ठ–१० का वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .