समाज


सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना

सुनिता विष्ट
बैशाख २४, २०८३ बिहिबार १२:१०, हेटौंडा

सिन्धुलीको दुधौली नगरपालिकामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। 

बिहीबार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो दुधौली नगरपालिका-१ राँगेस्थित सडकखण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार, सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट-रातमाटेतर्फ बेहुला लिएर जाँदै थियो। तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। 

गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा पाँच जना घाइते भएका छन्। बेहुला भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका-१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ६० वर्षकै साने विक, ४० वर्षीय सोमबार नेपाली र सिन्धुलीको तीनपाटन-१ का २१ वर्षीय श्याम दुराल रहेका छन्। उनीहरू सबै बेहुलाका आफन्त हुन्। 

घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था मध्यम छ भने बाँकीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए। घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ।

अन्य घाइते लालबहादुर विक, साने विक, श्याम दुराल र सोमबारको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको डीएसपी सुवेदीले बताए। दुर्घटनाका घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पु¥याएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad