धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
आज बिहान धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार बिहीबार बिहान ११ः १४ बजे गएको भूकम्प ४.१ म्याग्निच्युड मापन गरिएको छ।
भूकम्पको धक्का धादिङ, गोरखा, मकवानपुर र काठमाडौं उपत्यकाका जिल्लामासमेत महसुस गरिएको थियो।
भूकम्पविद्हरूका अनुसार भौगोलिक रूपमा नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ। मध्य र पूर्वी नेपाल भन्दा पनि नेपालको सुदूरपश्चिम क्षेत्रमा भूकम्पको जोखिम बढी छ।
महाभूकम्पको जोखिममा पश्चिम नेपाल
1.5k
Shares

प्रतिक्रिया