समाज


काँकडभिट्टाबाट सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

नेपालखबर
जेठ ४, २०८३ सोमबार २०:५८, काठमाडौँ

झापाको मेचीनगर नगरपालिका-६, काँकडभिट्टाबाट आज (सोमबार) ५७० ग्राम सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेका ३९ वर्षीय परम पाठकलाई सुन र विदेशी मुद्रासहित पक्राउ गरेको हो। 

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पाठकको साथबाट सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४ सय १० रुपैयाँ तथा भारतीय आधार कार्ड एक थान, विभिन्न ब्राण्डको मोबाइल सेट दुई थान, हार्ड डिस्क एक थान, बैंक चेक एक थान र सिमकार्ड सातवटा बरामद भएको छ। 

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उक्त सामान बरामद गरेको उनले बताए। 

पक्राउ परेका पाठकलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाइएको डीएसपी थापाले बताए। उनी कुन प्रयोजनका लागि नेपाल प्रवेश गरेका हुन् भन्ने नखुलेको थापाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad