समाज


तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, अर्का घाइते

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ६:५७, तनहुँ

तनहुँमा तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका प्रहरीले जनाएको छ। 

व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा बिहीबार साँझ दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.२३ प ९५४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका व्यास नगरपालिका–१ भादगाउँ निवासी १९ वर्षीय जगत बाचे मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए

टाउको गम्भीर चोट लागेका उनलाई उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मोटरसाइकल चालक व्यास- १३ का २० वर्षीय निजिन मल्ल घाइते भएका छन्। उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

मृतक युवकको शव पोस्टमार्टमका लागि सोही असप्तालमा राखिएको छ। तीव्र गतिको कारण माेटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad