समाज


जाजरकोटमा जिप सडकबाट ७ सय फिट तल खस्यो, चालकसहित २ युवाको मृत्यु

जाजरकोटमा जिप सडकबाट ७ सय फिट तल खस्यो, चालकसहित २ युवाको मृत्यु

फाइल तस्बिर


दिनेश बुढा
मंसिर २०, २०८१ बिहिबार ७:१७, सुर्खेत

गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनमा परेको हो। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र २३ वर्षीय कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो,’ डाँगीले नेपालखबरसँग भने, ‘अस्पतालका चिकित्सकले हमाल र केसीको मृत्यु भएको घोषणा गरेका छन्। चौधरीको उपचार जारी छ।’

चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको उनले बताए। 

जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ।

उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad