बँदेलको आक्रमणमा परेर मृत्यु भएका ४५ वर्षीय पदमबहादुर विष्टको परिवारलाई साढे १० लाख रुपैयाँ राहत प्रदान गरिएको छ।
सोमबार कर्णाली प्रदेशको वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले कर्णाली प्रदेश सरकारबाट १० लाख र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाबाट ५० हजार रुपैयाँ गरी साढे १० लाख रकम प्रदान गरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोषतर्फको विष्टकी पत्नी मागिसरा विष्टलाई राहत हस्तान्तरण गरिएको हो भने वन निर्देशानलयले बैंक खातामा रकम जम्मा गरेको छ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम मागिसरालाई रकम उपलब्ध गराइएको निर्देशक श्रेष्ठले जानकारी दिए।
गत माघ २४ गते दैलेखको भैरवी गाउँपालिका-५ बैटाकुरामा गोठाला गएका बेला विष्टलाई बँदेलले आक्रमण गरेको थियो।
102
Shares

प्रतिक्रिया