समाज


इटहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इटहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नेपालखबर
मंसिर १४, २०८० बिहिबार ६:१८, सुनसरी

सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। 

इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय २५ वर्षीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

खड्का बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटो भएर हिँड्दै गर्दा हात्तीको आक्रमणमा परेका हुन्। 

हात्तीको आक्रमणबाट युवकको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .