एक युवाको हत्या र दुई युवालाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले मोरङबाट तीन युवालाई पक्राउ गरेको छ।
यही असार २४ गते विराटनगर महानगरपालिका २ प्रदेश टेलिकम कार्यालय नजिक रहेको सेन्ट जोसेफ स्कुलको मोडमा धारिलो हतियार प्रहारबाट २१ वर्षीय करण कामतको मृत्यु भएको थियो।
घटनामा १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते भएका थिए। उनीहरु सबै कटहरी गाउँपालिका(१ जमटोकीका स्थानीय हुन्।
हत्या घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले सन्तोष सेर्पा, सोनु गिरी, संजय पुरी र एक जना नाबालकलाई पक्राउ गरेको हो। पक्राउ पछि पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ।
उनीहरुलाई जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान र कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए।
Shares

प्रतिक्रिया