समाज


झापामा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

झापामा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

नेपालखबर
चैत ६, २०८१ बुधबार ७:१८, विराटनगर

झापाको दमकमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ६ जना  घाइते भएका छन्। 

मनमोहन सामुदायिक अस्पताल विर्तामोडबाट विरामी लिएर विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१००२ च ०११५ नम्बरको एम्बुलेन्स गएराति करिब २ बजेतिर दुर्घटनामा परेको हो। 

प्रहरीका अनुसार दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २० का विशाल लिम्बू, १९ वर्षीय आरजु राई, ५१ वर्षीय मिना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू र २३ वर्षीया वर्षा लिम्बू घाइते भएका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

एम्बुलेन्स चालक विर्तामोड नगरपालिका- ५ का कमल अधिकारी पनि गम्भीर घाइते भएका छन्। 

रातको समयमा तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

घाइते सबैको अहिले विर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad