ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। उनीहरुको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमो पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बू छन्।
बुधबार सथनीय नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै बालबालिका डुबेका थिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार उक्त खाल्टोमा ८ फिट गहिरो थियो।
75
Shares

प्रतिक्रिया