नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट अहिलेसम्म ९७ थान हतियार बरामद गरेको छ। गएकाे बुधबार भएकाे आन्दाेलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेकाे हाे।
कारागाराबाट भागेका कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका कार्य गरिएको नेपाली सेनाले जनाएको छ।
काभ्रेको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
त्यसैगरि सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी, डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी, धादिङ्गस्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ कैदी र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ।
बाँकेको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएका छन्।
ललितपुरको भैँसेपाटी इलाकामा रहेको प्रहरी चौकी स्थानीयवासीले नै सरसफाइ गरेर त्यहाँ बस्नको लागि प्रहरीलाई स्वागत गरेका छन्।
Shares

प्रतिक्रिया