समाज


भोजपुरमा काठ बोकेको ट्याक्टर भिरबाट खस्दा चालकसहित २ जनाको मृत्यु, ४ घाइते

भोजपुरमा काठ बोकेको ट्याक्टर भिरबाट खस्दा चालकसहित २ जनाको मृत्यु, ४ घाइते

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ८:३९, भाेजपुर

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई युवकको मृत्यु भएको छ भने चार युवायुवती घाइते भएका छन्।

शनिबार षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट काठ लिएर दिङ्ला आउँदैगरेको प्रदेश नम्बर १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दिपक श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार काठ बोकेको ट्याक्टरमा एकादशी मेलाबाट फर्किँदै गरेका यात्रु पनि सवार थिए। ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर सडकबाट झण्डै ३० मिटर तल खसेको छ। 

मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी १७ वर्षीय नवीन तामाङ छन्। उनीहरुलाई पल्टिएको ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो। 

घाइते चार जनालाई नगर अस्पताल दिङ्लामा सामान्य उपचारपछि थप उपचारको लागि धरान लगिएको छ।  

घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङ छन्। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad