नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज पनि बस्दैछ। पार्टी मुख्यालय पेरिडाँडाँमा केही बेरमै बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए।
‘बैठकमा नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताबारे थप छलफल हुने छ,’ गजुरेलले नेपालखबरसँग भने, ‘आजको बैठक पनि हिजोकै बैठकको निरन्तरता हो।’
माओवादी र एकीकृत समाजवादी पार्टीले यही कात्तिक १६ गते (आगामी मंगलबार) पार्टी एकता गर्ने तयारी गरेका छन्। दुबै पार्टीले यस विषयमा औपचारिक निर्णय पनि गरिसकेका छन्।
दुई दलबीचको एकतामा समाजवादी मोर्चामा रहेका अन्य समूह पनि सहभागी हुने बताइएको छ।
माओवादी र एकीकृत समाजवादीबीचको एकतालाई लिएर दुबै पार्टीभित्र विवाद छ। माओवादी केन्द्रका जनार्दन शर्मा र एकीकृत समाजवादीका झलनाथ खनालसहितका नेताले एकताप्रति असहमती जनाएका छन्।
Shares

प्रतिक्रिया