समाज


प्रख्यात बालसाहित्यकार मानन्धरको निधन

प्रख्यात बालसाहित्यकार मानन्धरको निधन

शान्तदास मानन्धर (विसं १९९१-२०८०)


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १९:५, काठमाडौँ

लोकप्रिय बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ।

हर्निया समस्या देखिएर अस्पताल लगिएको र त्यही बेला उनको निधन भएको मानन्धरका ज्वाइँ रामकृष्ण डंगालले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार, आधुनिक एलोप्याथिक उपचार पद्धतिमा विश्वास नगर्ने मानन्धर हत्पत्ति अस्पताल जान मान्दैनथे। कात्तिक १९ गतेदेखि लगातार २ दिन बान्ता भएपछि परिवारका सदस्यहरुले अस्पताल जान विशेष जोडबल गरेका थिए।

बान्ता रोक्ने र दुःखाइ कम गर्ने औषधीले पनि काम नगरेपछि उनलाई अस्पताल लगिएको डंगोलको भनाइ छ। 

उनलाई २० गतेदेखि बल्खुस्थित एक स्पतालमा राखिएको थियो। जति प्रयास गर्दा पनि रक्तस्राब रोकिएको थिएन।

मंगलबार दिउँसो १ बजेतिर अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो।

उनको शव अहिले अस्पतालमै रहेको र बुधबार ११ बजे पशुपतिको विद्युतीय शवदाहगृहअगाडि बौद्ध परम्पराअनुसार पूजा गरेर अन्त्येष्टि गरिने डंगोलले बताए। पशुपतिमै ११ देखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि शव राखिनेछ।  

मानन्धरको जन्म काठमाडौँको झोँछेँमा १९९१ जेठ शुक्ल दशमीमा भएको थियो। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा पाँच दशकदेखि निरन्तर समर्पित रहेबापत  २०७५ मा उनलाई ‘जगदम्बा९श्री २०७४’ बाट सम्मानित गरिएको थियो। 

नेपालीमा बाल साहित्यको खडेरी रहेको र हेयका रुपमा हेरिने समयमा मानन्धरले विदेशी लेखकका धेरै सामग्री अनुवाद गरेर पनि त्यसको पुड्ताल गरेका थिए। रुम टु रिडसँगको सहकार्यमा मात्र उनले १ सय ५० भन्दा बढी कृति अनुवाद र सम्पादन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .