ad ad

समाज


जिपको ठक्करबाट दिदीबहिनीको मृत्यु, घटनापछि जिप चालक फरार

जिपको ठक्करबाट दिदीबहिनीको मृत्यु, घटनापछि जिप चालक फरार

नेपालखबर
फागुन ३, २०८० बिहिबार ५:४३, दाङ

दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दिदी बहिनीको मृत्यु भएको छ। 

लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३–०१०२२ च १३६९ नम्बरको जीपले बुधबार साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा प्यूठानको झिमरूक गाउँपालिका–१ घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने जीपका चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .