समाज


आजपाका कार्यकर्ताले गौरमा टायर बाले, प्रहरीले निभायो

आजपाका कार्यकर्ताले गौरमा टायर बाले, प्रहरीले निभायो

आजपाका कार्यकर्ताले बुधबार साँझ गौरमा निकालेको मसाल जुलुस


नेपालखबर
माघ ११, २०८० बिहिबार ७:४२, गौर

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आज (बिहीबार) बिहानै रौतहट सदरमुकाम गौरको सडकमा टायर बालेर प्रदर्शन गरेको छ। 

आज हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरेर आजपाले आज मधेश प्रदेश बन्दको समेत आह्वान गरेको छ। 

बन्द सफल पार्ने भन्दै आजपाका कार्यकर्ताले बिहीबार बिहान रौतहट सदरमुकाम गौरमा टायर बालेका हुन्। आजपाका कार्यकर्ताले बालेको टायर प्रहरीले केही बेरमै निभाएको छ। 

बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन भन्दै उसले मधेश बन्दको आह्वान गरेको भए पनि बन्द मुख्य रुपमा राष्ट्रियसभा निर्वाचन लक्षित देखिन्छ।

आजपाका कार्यकर्ताले बुधबार साँझ रौतहटमा मसाल जुलुससमेत गरेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .