जुवातास खेलेको आरोपमा सर्लाहीको हरिवनबाट ८ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ३८ हजार रुपैयाँ भन्दा धेरै नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
हरिवन नगरपालिका- ५ घुर्कौलीस्थित सियाराम महतोको खेतमा रहेको पानी पटाउने मोटर राख्ने एककोठे पक्कीघरबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।
ठूलो रकमको हारजित हुनेगरी जुवातासको खेल भइरहेको विशेष सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई नगद ३८ हजार ४१० रुपैयाँसहित पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा हरिवन- ६ का ३४ वर्षीय अशोककुमार राई, सोही ठाउँका ३९ वर्षीय हर्कमान तामाङ, हरिवन- ५ का ४५ वर्षीय सियाराम महतो, सोही ठाउँका ३८ वर्षीय मोहन प्रसाद फुयाल, हरिवन- ६ का २६ वर्षीय साजन कुमार मोक्तान, हरिवन- ७ का ५० वर्षीय निर्मल कुमार घिसिङ, हरिवन- ६ का ३५ वर्षीय श्रवण कुमार सिंह र सर्लाहीकै लालबन्दी नगरपालिका- ७ का ५२ वर्षीय श्रीनारायण साह छन्।
उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि थप अनुसन्धान भइरहेको इन्सपेक्टर गिरीले जानकारी दिए।
Shares
प्रतिक्रिया