सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरिया (औलो) को संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा सर्लाहीमा ३९ जनामा मलेरियाको संक्रमण पुष्टी भएको जानकारी दिए। औलो देखिएका सबैजसो बिरामी भारतमा दजदुरी गरेर फर्किएका हुन्।
भारतको सुरत, मुम्बई, दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका सर्लाहीको बलरा, लालबन्दी, पर्सा, हरिपुर, हरिवनल घर भएका मजदुरमा औलो देखिएको हो।
एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेले टोक्दा मलेरियाको संक्रमणको जोखिम हुने स्वास्थ्यकर्मीले बताएका छन्।
मलेरिया हुँदा टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिने गरेको छ।
375
Shares

प्रतिक्रिया