समाज


बारामा २ ट्रक ठोकिँदा स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

बारामा २ ट्रक ठोकिँदा स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

नेपालखबर
असार १६, २०८२ सोमबार १०:५२, काठमाडौँ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई ट्रक आपसमा ठोकिएका छन्। 

एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक आइतबार साँझ आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुई ट्रक ठोकिँदा च्यापिएका एक चालकको ३ घण्टापछि उद्धार गरिएको छ।  स्टेरिङमा च्यापिका उनलाई ट्रकको झ्याल काटेर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

थापाका अनुसार दुर्घटनमा चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय ट्रक चालक अरुण श्रेष्ठ घाइत भएका हुन्। 
    
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले  उनको उद्धार गरेको हो। 
    

हेटौँडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै ट्रक सडकको वायाँतर्फको साईडमा पल्टिएर दुर्घटना भएका थिए। 

दुर्घटनामा घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन्। 

उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक सकुशल छन्। दुवै ट्रकमा चालकबाहेक अन्य यात्रु सवार नरहेको पनि डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad