समाज


बलात्कारमा परेकी १६ वर्षीया किशोरीको गर्भपतन गरेको आरोपमा पक्राउ परे डाक्टर

बलात्कारमा परेकी १६ वर्षीया किशोरीको गर्भपतन गरेको आरोपमा पक्राउ परे डाक्टर

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १०:४२, महाेत्तरी

बलात्कारमा परेकी किशोरीको अवैध ढंगले गर्भपतन गरेको आरोपमा महोत्तरी प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सर्लाहीको बलरा घर भई महोत्तरीको बर्दिबासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय चिकित्सक डा.प्रवीण मिश्र रहेका छन्। 

महोत्तरीका प्रहरी नायव उपरीक्षक डीएसपी शैलेन्द्रकुमार भट्टकाअनुसार  मिश्रलाई इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो। 

‘आफू बलात्कारमा परेर बसेको गर्भपतन मिश्रले गराएको जानकारी किशोरीले दिएकी छन्,’ डीएसपी भट्टले नेपालखबरसँग भने, ‘सोही घटना अनुसन्धानको लागि मिश्रलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको छ।’

आफू बलात्कारमा परेर बसेको गर्भ पतन डीएनबी मेडिकेयरमा गरेको जानकारी किशोरीले अभिभावकलाई गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा मिश्रविरुद्ध किटानी जाहेरी दिएका थिए। 

पक्राउ परेका मिश्रमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad