समाज


हात पछाडि बाँधेर २० वर्षीय युवकको बीभत्स हत्या

हात पछाडि बाँधेर २० वर्षीय युवकको बीभत्स हत्या

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ९:१४, जनकपुरधाम

धनुषाको औरही गाउँपालिका ६ मा एक युवकको हत्या भएको छ। 

दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा युवकको शव फेला परेको हो। 

उक्त शव धनुषाकै हंसपुर नगरपालिका–९ रुदौलीका करिब २० वर्षीय सुमित मण्डलको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

डीएसपी गणेशबहादुर बमका अनुसार बिहीबार बेलुका घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

परिवारजनका अनुसार मण्डल बुधबार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए। त्यसपछि सम्पर्कबिहीन भएका उनी बिहीबार खेतमा मृत अवस्थामा भेटिएका हुन्।

घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad