समाज


जुवा खेल्दै गरेका ११ जना पक्राउ, २ लाख ८४ हजार नगद पनि बरामद

जुवा खेल्दै गरेका ११ जना पक्राउ, २ लाख ८४ हजार नगद पनि बरामद

नेपालखबर
चैत ५, २०८२ बिहिबार १४:५३, सर्लाही

जुवातास खेलीरहेको अवस्थामा सर्लाहीको लालबन्दीबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले २ लाख ८४ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ।

लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट बिहीबार बिहान उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन तथा अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले केसी भाइ भनिने व्यक्तिको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट नगदसँगै ६४४ पत्ती तास र थप ६ प्याकेट नयाँ तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये मानबहादुर मोक्तानलाई भने स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। उनलाई उच्च रक्तचापको समस्या देखिएपछि लालबन्दी नगर अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल रिफर गरिएको छ।

अन्य पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी अनुसन्धान भइरहेको छ। उनीहरूलाई जुवा सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यी हुन् पक्राउ पर्नेहरू

१.    जि. सर्लाही लालबन्दी न.पा. वडा नम्बर १६ बस्ने रुद्र बहादुर के.सी. को छोरा बर्ष ४३ को सन्तोष के.सी.।
२.    ऐ.ऐ. वडा नं. १५ बस्ने बाबुलाल योन्जनको छोरा बर्ष ३९ को संतलाल योन्जन।
३.    ऐ.ऐ. वडा नं. ८ बस्ने सोमलाल तामाङको छोरा बर्ष ५२ को मनिलाल तामाङ।
४.    ऐ.ऐ. वडा नं. १७ बस्ने बाबुलाल बलको छोरा बर्ष ४६ को अमर बहादुर बल।
५.    ऐ.ऐ. वडा नं. १६ बस्ने संन्त बहादुर जिम्बाको छोरा बर्ष ४० को ललित जिम्बा।
६.    ऐ. हरिवन न.पा. वडा नं. ०३ बस्ने सुरेन्द्र चौधरीको छोरा बर्ष २३ को सुबोध चौधरी।
७.    ऐ. मलंगवा न.पा. वडा नं. ०९ बस्ने जोत नारायण महत्तो को छोरा बर्ष ३५ को ललन महत्तो।
८.    ऐ. लालबन्दी न.पा. वडा नं. ०१ बस्ने राम प्रवेश चौधरीको छोरा बर्ष ४२ को नागेन्द्र चौधरी।
९.    ऐ. लालबन्दी न.पा. वडा नं. ०८ बस्ने कर्ण बहादुर लामाको छोरा बर्ष ४४ को बिजु लामा।
१०.    ऐ. हरिवन न.पा. वडा नं. ०३ बस्ने बाघ सिंह मोक्तानको छोरा बर्ष ४४ को मान बहादुर मोक्तान।
११.    ऐ. ब्रम्हपुरी गा.पा. वडा नं. ०४ बस्ने रामकिशोर साहको छोरा बर्ष ४० को राजेश कुमार साह।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad