धनुषामा दुईवटा पहिचान नखुलेको दुई वटा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चौक र क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरमा एक/एक वटा शव फेला परेको हो। विश्वकर्मा चौक नजिक अन्दाजी ४० वर्षको एक युवकको र चन्द्रपुरमा नालीभित्र करिब ७० वर्षीय पुरुषको शव भेटिएको जिप्रका धनुषाले जनाएको छ।
दुवै घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। शवको पहिचान र मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको छ। विश्वकर्मा चौकमा भेटिएको शव भने एक दिनअघि सोही ठाउँमा सुतेका व्यक्तिको हुनसक्ने बताइएको छ। अपरिचित ती व्यक्तिलाई स्थानीयले अत्यधिक रक्सी सेवनले बेहोश भएको हुन सक्ने आशंका गरेका छन्।
प्रहरीले घटनाबारे थप विवरण संकलन गरेर पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण स्पष्ट हुने बताएको छ। साथै, मृतकको पहिचानका लागि आसपासका क्षेत्रका बासिन्दा तथा सरोकारवालासँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ।
45
Shares

प्रतिक्रिया