सर्लाहीमा घरको छतबाट खस्दा २ जना मिस्त्रीको मृत्यु भएको छ।
बुधबार साँझ मलंगवा नगरपालिका १० बस्ने रञ्जित यादवको चार तल्ले पक्की घरको छत भत्काउने क्रममा छतसहित जमिनमा खस्दा राज मिस्त्रिको काम गर्ने दुई जना मजदुरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा मलंगवा नगरपालिका- २ घर भएका अन्दाजी ५० वर्षीय छटु साह र सर्लाहीकै हरिपुर्वा नगरपालिका- २ बस्ने वर्ष ४० का राजकिशोर यादव रहेका छन्।
यादवको चारतले घरमा पानी ट्याङकी राख्ने ढलान छत प्लासटर गर्ने क्रममा अचानक छत भत्किँदा उनीहरु छतसहित जमिनमा खसेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुवैको शव पोस्ट मार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बुढाथोकीको नेतृत्वमा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया