राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। शुक्रबार जिल्ला अदालत, कास्कीको अनुमतिमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो।
उनलाई आजै पोखरा लगिने भएको छ।
रवि पक्राउ पर्दैगर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
पक्राउ पर्नुअघि रवि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पुगेर नियन्त्रणमा लिएको थियो।









993
Shares

प्रतिक्रिया