समाज


अछाममा जिप दुर्घटना हुँदा डेढ वर्षका बालकको मृत्यु, १४ जना घाइते

अछाममा जिप दुर्घटना हुँदा डेढ वर्षका बालकको मृत्यु, १४ जना घाइते

नेपालखबर
फागुन ९, २०८० बुधबार १४:७, अछाम

अछाममा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। 

चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज बिहान जिप दुर्घटना भएको हो।

से१ज ४२९ नम्बरको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले  जानकारी दिए। 

घाइते १४ जनाको बयालपाटा अस्पतालमा  उपचारको भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .