समाज


आगो लागेपछि बन्द भएको कर्णाली पुलमा आजदेखि गुड्न थाले गाडी

आगो लागेपछि बन्द भएको कर्णाली पुलमा आजदेखि गुड्न थाले गाडी

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १०:३६, कैलाली

आगलागीका कारण बन्द भएको कर्णालीको पुलमा आजदेखि गाडी चल्न थालेका छन्। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलाइएको हो। 

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि पुल सञ्चालनमा ल्याइएको जानकारी दिए।

‘विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने सुझाव आएपछि आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,’ उनले भने।

गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामासमेत सल्किँदा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .