बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट खसेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको हो।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ फर्कने क्रममा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान स्थानीय खरकटे सल्लेरी भन्ने स्थानको भिरबाट खस्दा उनको मृत्यु भएको हो।
471
Shares

प्रतिक्रिया