विशेषगरी एथ्लेटिक्समा चिनियाँ खेलाडीले राम्रो फड्को मारेका छन्। पछिल्ला ओलम्पिक्सको नतिजा हेर्दा पनि चीन खेलकुदमा अब्बल देखिन्छ।
सन् २०१० मा क्यानडामा आयोजित ओलम्पिक्समा चीनले ११ वटा पदक हासिल गर्दै सातौं स्थान हासिल गरेको थियो। जसमध्ये ५ स्वर्ण पनि थिए।
त्यसको दुईवर्ष अर्थात् सन् २०१२ मा आयोजित आलम्पिक्समा चीनले स्थान सुधार्यो। चीन त्यसबेला सबैभन्दा बढी स्वर्ण जित्ने अमेरिकापछि दोस्रो राष्ट्र बन्यो। चीनले ३८ स्वर्णसहित ९१ पदक हात पारेको थियो।
त्यस्तै सन् २०१६ मा चीन २६ स्वर्णसहित ७० पदक जित्दै तेस्रो स्थानमा आएको थियो।
अहिले जापानमा टोक्यो ओलम्पिक जारी छ र चिनियाँ ओलम्पियनहरुले प्रशंसनीय खेल प्रदर्शन गरिरहेका छन्।
नेपाली समयअनुसार सोमबार दिउँसो साढे ४ बजेसम्मको ओलम्पिक तालिका हेर्दा चीन सबैभन्दा बढी पदक जित्ने दोस्रो राष्ट्र हो।
तर स्वर्ण पदकलाई हेर्दा चीन सबैभन्दा अब्बल छ। चीनले २८ स्वर्ण, १५ रजत र १४ कास्यसहित ५८ पदक जितिसकेको छ।
दोस्रो स्थानको अमेरिकाले २१ स्वर्ण, २४ रजत र १६ कास्य जितेको छ। तेस्रो स्थानमा जापान छ। उसले १४ स्वर्ण, ५ रजत र १० कास्य जितिसकेको छ।
चीनले जस्तोसुकै खेललाई गम्भीरताका साथ लिएको छ। भविष्यमा हुने ओलम्पिकलाई मध्यनजर गर्दै आफ्ना साना खेलाडीलाई आवश्यक प्रशिक्षण र सुविधा दिएकै कारण चीनले ओलम्पिकमा राम्रो नतिजा ल्याएको हो।
यी तलका फोटोहरुले चीनले आफ्ना भविष्यका स्टार खेलाडी तथा ओलम्पियनहरु कसरी तयारी गरिरहेका छन् भन्ने प्रस्ट हुन्छ।
वास्तवमा यी साना बालबालिकाहरु खेलको लागि यति मिहिनेत गरिरहेका छन् जसले चीनले खेलकुदमा राम्रो लगानी गरेको स्पष्ट थाहा पाउन सकिन्छ।




![Young gymnasts train against a wall at the Li Xiaoshuang Gymnastics School. The postponed Tokyo Olympics, which are now due to start on July 23 this year, will be the defining moment for Chinese gymnasts who have trained relentlessly since as young as age four in the pursuit of gold. [Nicolas Asfouri/AFP]](https://www.aljazeera.com/wp-content/uploads/2021/04/000_96F6PT.jpg?fit=1170%2C780)
![Despite the tough nature of the drills, officials at the school say the focus is now on fun for the children. [Nicolas Asfouri/AFP]](https://www.aljazeera.com/wp-content/uploads/2021/04/000_96F6RD.jpg?fit=1170%2C780)


Shares

प्रतिक्रिया