खेल


चेल्सी आफ्नै मैदानमा म्यानचेस्टर सिटीसँग पराजित

चेल्सी आफ्नै मैदानमा म्यानचेस्टर सिटीसँग पराजित

नेपालखबर
असोज ९, २०७८ शनिबार १९:३१, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा युरोपियन च्याम्पियन चेल्सी आफ्नै घरमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ। 

गत सिजन च्याम्पियन्स लिगको फाइनलको हारको बदला लिने क्रममा सिटीका लागि ग्याब्रियल जेसुसले खेलको ५३ औँ मिनेटमा निर्णायक गोल गरे।

खेलको अधिकांश समय चेल्सीलाई दबाबमा राखेको सिटीले जितका लागि दोस्रो हाफ कुर्नुपरेको थियो। 

चेल्सीका रोमेलो लुकाकुले केही अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन्। उनलाई सिटीका डिफेन्डरले निरन्तर मार्क गरेर अघि बढ्न दिएनन्। 

उता सिटीका ज्याक ग्यार्लियसले पनि केही राम्रा अवसरलाई खेर फाले। डिफेन्डिङ च्याम्पियन सिटीले यो जितपछि आत्मविश्वास बढाएको छ।

सिटीले यो एक साताभित्र चेल्सी, लिभरपुल र पिएसजीसँग खेल्दैछ। चेल्सीविरुद्धको नतिजाले सिटीले लिभरपुल र पीएसजीविरुद्ध पनि प्रभावशाली खेल्ने अनुमान गरिएको छ।

यो जितपछि ६ खेलबाट सिटी १३ अंकसहित लिगको दोस्रो स्थानमा पुगेको छ। पराजित चेल्सी समान ६ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad