खेल


ईपीएल वर्षाले रोकेपछि पोखरा राइनोज र भैरहवा ग्लेडियटर्सले अंक बाँडे

ईपीएल वर्षाले रोकेपछि पोखरा राइनोज र भैरहवा ग्लेडियटर्सले अंक बाँडे

नेपालखबर
असोज १०, २०७८ आइतबार १४:४५, काठमाडौँ

एभरेस्ट प्रिमयर लिग ईपीएलमा जारी पोखरा राइनोज् र भैरहवा ग्लेडियटर्सबीचको खेल वर्षाका कारण राेकिएपछि दुवै टाेलीले एक एक अंक बाँडेका छन्।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा ११ औ ओभरको खेल जारी रहँदा सामान्य पानी परेपछि खेल रोकिएको हाे। 

१० ओभरको समाप्तिमा पोखराले ७ विकेट गुमाएर ५९ रन बनाएको छ। भैरहवाका दुर्गेश गुप्ताको घातक बलिङमा पोखरा संकटमा परेको थियाे। पोखराका असेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे। १६ बलको सामना गरेका असेलाले २ चौका र १ छक्का हाने। 

पोखराका कप्तान विनोद भण्डारी केज्रिक विलियम्स र लोकेश कम गोल्डेन डक आउट भए। 

ओपनरद्वय रिचार्ड लेभी शून्य र सुनिल धमला १ रनमा पवेलियन फर्के। विपिन रावलले ६ रन थपे। विवेक यादव १६ र विक्रम शोव ७ रनमा नटआउट छन्। 

भैरहवाका दुर्गेश गुप्ताले ३ ओभरमा ३ विकेट झारे। धम्मिका प्रसाद, अविनास बोहोरा, तुल बहादुर थापाले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad