एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा विराटनगर वारियर्सले टस जितेर फिल्डिङ रोजेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज विराटनगरले ललितपुर प्याट्रियट्ससँग खेल्दैछ।
विराटनगरको कप्तानी करण केसीले गर्दैछन् भने ललितपुरको कमानी कुशल भुर्तेलले सम्हाल्दैछन्।
विराटनगरले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन।
ललितपुरले भने आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। ललितपुरका आज ब्याट्सम्यान जयकिशन कोल्सावालालाई समेटेको छ। इपीएलमा कोल्सावालाले पहिलो खेल खेल्न लागेका हुन्।
आजै हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन्। खेल यही मैदानमा दिउँसो साढे १ बजे हुनेछ।
21
Shares

प्रतिक्रिया