खेल


पोखरा पहिलो पटक फाइनल पुग्दा भैरहवा पहिलो पटक उपाधि होडबाट बन्चित

पोखरा पहिलो पटक फाइनल पुग्दा भैरहवा पहिलो पटक उपाधि होडबाट बन्चित

नेपालखबर
असोज २१, २०७८ बिहिबार १६:१६, काठमाडौँ

पोखरा राइनोजसँग पराजित हुँदै भैरहवा ग्लाडियर्टस पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपीएल) को उपाधि होडबाट बन्चित भएको छ। 

यसअघिका दुई संस्करण फाइनल खेलेको भैरहवा पहिलो पटक फाइनल पुग्न नसकेको हो। 

यता भैरहवालाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज भने पहिलो पटक फाइलन पुगेको हो।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले इपीएलमा पहिलो पटक फाइनल खेल्दा भण्डारीले फ्रेन्चाइज टि २० क्रिकेटमा पहिलो पटक टोलीलाई उपाधि नजिक  पुर्याएका हुन्। 

पोखरा पहिलो क्वालिफायर खेलमा चितवनसँग ९ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। उता भैरहवाले भने काठमाडौं किंग्स इलाभेनलाई १६ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको थियो। 

इपीएलको दोस्रो क्वालिफायर खेलमा भैरहवाले दिएको १ सय २० लक्ष्य पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पोखराले उपाधिका लािग शनिबार चितवन टाइगर्ससँग खेल्नेछ।

पोखराको जितमा चौथो विकेटका लागि सहान आराचिगे र विपिन रावलले ८८ रनको अविजित साझेदारी गरेसँगै पोखराले सहज जित निकालेको हो। 

१९ औँ ओभरको दोस्रो वलमा सहानले चौका प्रहार गरेसँगै जित निकालेको हो। सहान ५३ र विपिन ४० रनमा नटआउट रहे। ४४ बलको सामना गरेका सहानले ७ चौका हाने। विपिनले ३४ बलमा ३ चौका  र १ छक्का हाने। 

ओपनर रिचार्ड लेवी १४ रनमा रन आउट हुँदै पवेलियन फर्के। ११ बलको सामना गरेका रिचार्डले २ चौका र १ छक्का हाने। अर्का ओपनर रित गौतक ६ रनमा एलबीडब्लु धरापमा परे। लोकेश बम शुन्य रनमा आउट भए। 

भैरहवाका भुवन कार्कीले एक विकेट झारे। 

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार पारेको हो। 

कप्तान शरद भेषावकर ३२ र धम्मिका प्रसाद ४ रनमा नटआउट रहे। ३३ बलको सामना गरेका भेषावकरले २ चौका र १ छक्का हाने। आरिफ शेखले रन थपे। २४ बलको सामना गरेको आरिफले १ चौका र १ छक्का हाने। 

भैरहवाका लागि ओपनर रोहित कुमार पौडेल र प्रदीप ऐरिले ३३ रनको साझेदारी गरे। ओपनर रोहित १८ रन जोड्दा क्याच आउट भए। १७ बलको सामना गरेका रोहितले २ चौका हाने। अर्का ओपनर प्रदीप ११ रनमा पवेलिय फर्के। उपुल रथङ्गाले १०, सर्विन मुनियाण्डेले २, कुशल मल्लले १ रन थपे। 

पोखराका लागि सहान आरिचिगे र किशोर महतोले समान २ विकेट लिए। नन्दन यादव र असेला गुणारत्नेले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .