ad ad

खेल


नेपाललाई हराउँदै भारत बन्यो आठौंपटक दक्षिण एसियाली च्याम्पियन

नेपाललाई हराउँदै भारत बन्यो आठौंपटक दक्षिण एसियाली च्याम्पियन

नेपालखबर
असोज ३०, २०७८ शनिबार २२:३८, काठमाडौँ

भारतले दक्षिण एसियाली फुटबल(साफ)च्याम्पियनसिपको उपाधि जितेको छ। 

माल्दिभ्समा शनिबार राति सम्पन्न फाइनलमा नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दै भारत दक्षिण एसियाको च्याम्पियन बन्यो। 

पहिलो हाफमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफको सुरुवातमै नेपालले दुई मिनेटमा दुई गोल ब्यहोर्यो। 

४८औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले हेडर गोल गर्दै भारतलाई अग्रता दिलाए। 

लगत्तै २ मिनेटपछि सुरेश सिंहले डी बक्सभित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे। 

यस्तै अतिरिक्त समयमा सहल अहमदले गोल गर्दै भारतको जित पक्का गरे। 

योसँगै पहिलोपल्ट साफको फाइनल पुगेको नेपालको उपाधि जित्ने सपना समेत चकनाचुर भएको छ। 

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमै रोकिएको थियो। 

यसपटक भने फाइनलमा नेपाल चुक्न पुग्यो। 

साफमा भारत सर्वाधिक सफल टोली हो। योसँगै भारतले ८ पटक साफको उपाधि जितिसकेको छ।

त्यसबाहेक माल्दिभ्सले दुई, बगंलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक साफको उपाधि जितेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .