खेल


इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५–० ले हार्‍याे

इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५–० ले हार्‍याे

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार ५:४७, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ५–० गोलअन्तरले हारेको छ। 

घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेड चिरपरिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जाजनक ढंगले हारेको हो।

फरवार्ड मोहमद सलाहको ह्याट्रिकमा लिभरपुल ५–० गोलअन्तरको शानदार जित हासिल गर्न सफल भएको हो। 

नेभी काइटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। १३औं मिनेटमा जोटाले अर्काे गोल थपे। 

खेलको ३८औं मिनेट र इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० को अग्रता दिलाएका सलाहले दोस्रो हाफमा थप एक गोल गरे। उनले ५०औं मिनेटमा ह्याट्रिक गरेका हुन्।

६०औं मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए। 

योसँगै ९ खेलमा ६ जित र ३ बराबरी गर्दै २१ अंकका साथ  लिभरपुल दोस्रो स्थानमा कायम छ।  उता हारेको युनाइटेड भने ३ जित, २ बराबर र ३ हारसँगै सातौं स्थानमा छ।

शीर्षस्थानको चेल्सीको २२ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad