फ्रेन्च लिग वानको आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मारसेलसँग बराबरीमा रोकिएको छ।
भीएआरको प्रयोग गरी लिइएको केही ठूला निर्णय र दर्शकको कारण अवरोध उत्पन्न भएको खेल बराबरीमा सकिएको छ। तनावपूर्ण खेलमा नेयमारले कर्नर प्रहार गर्न लाग्दा घरेलु दर्शकले बोतल प्रहार गरेपछि खेल केही समय रोकिएको थियो।
खेलमा दुवै टोलीले गरेको गोललाई भीएआर प्रविधिको सहयोगमा अफसाइड दिइएको थियो।
खेलको ५७ औं मिनेटमा पीएसजीका अचरफ हामिकीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सीमित बनेको थियो।
खेलमा पीएसजीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन। फ्रेन्च लिग वानमा ११ खेलमा २८ अंक हात पार्दै पीएसजी शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट २१ अंक छ।
450
Shares

प्रतिक्रिया