खेल


एफसी एशियन कप छनोट: नेपालले आज इरानसँग खेल्दै

एफसी एशियन कप छनोट: नेपालले आज इरानसँग खेल्दै

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार १६:५, काठमाडौँ

एफसी एशियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले सोमबार बलियो टोली इरानसँग खेल्दैछ। 

खेल ताजकिस्तानस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा अपरान्ह सवा ४ बजे हुनेछ। 

छनोटको समुह बी मा रहेको नेपालले सुखद सुरुवात गर्ने योजनामा छ। छोटो समयको तयारीका बाबजुद पनि आफुहरुले राम्रो प्रर्दशन गर्ने टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए।

उनले भने, 'केही हप्तामात्रै प्रशिक्षण गर्ने मौका पायौँ, टोलीमा रहेका खेलाडीहरु साफ च्याम्पियनसिपको तयारीमा रहेकाले पनि टोलीले राम्रो तयारी गर्न पाएका छैनौं।'

नेपाल रहेको समुहमा बलियो टोलीहरु रहेकाले पनि आफुहरु राम्रो खेल प्रर्दशन गर्ने बताए।                     

छनोटमा नेपाल समूह बी मा छ। यस समूहमा ताजाकिस्तान, लेबनान र इरान छन्। 

छनोटको शीर्ष स्थानमा रहने टोली सीधै यू–२३ एसियाकप खेल्न छनोट हुनेछ। सबै समूहका दोस्रो हुने टोलीमध्ये चारवटाले पनि प्रतियोगिता खेल्न पाउनेछन्। 

नेपालले छनोट खेलअघि  इन्डोनेसियाको यु–२३ टोलीसँग मैत्रीपुर्ण खेल खेलेको थिए। सो खेल नेपालले २–० ले गुमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad