साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाली काँग्रेसको तरुण विभागले सम्मान गरेको छ।
काठमाडौमा आज एक कार्यक्रम गर्दै तरुण विभागले साफ च्याम्पियनसिपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको हो।
टोलीलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मान गरे। खेलाडीहरुलाई प्रदान गरिएको रकम बारे भने केही खुलाईएको छैन।
नेपाल साफको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता मै सिमित भएको थियो।
यस्तै नेपाली टोलीका खेलाडीलाई नेपाल सरकारले जनही ५ लाख र प्रशिक्षकलाई ३ समान ३ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ।
36
Shares

प्रतिक्रिया