भारतको उत्तर प्रदेशस्थित आगरा पुलिस टी-२० विश्वकपमा भारतमाथि पाकिस्तानको जीतको खुसी मनाएको आरोपमा तीन कश्मीरी छात्रलाई गिरफ्तार गरेको छ।
यस गिरफ्तारीको पुष्टि आगराको लोहामण्ड इलाका सर्कल अफिसर सौरभ सिंहले गरेका बिबिसीले जनाएको छ।
यी छात्रलाई जगदीशपुरा थानामा राखिएको छ। यिनलाई मुद्दा चलाउन सरकारी वकिलकहाँ पेश गरिँदैछ। यी तीनै छात्र आगराको राजा बलवन्त सिंह इन्जिनियरिङ कलेजमा पढ्छन्।
गिरफ्तार गरिएका छात्रमा अर्शीद युसुफ र इनायत अल्ताफ शेख इन्जिनियरिङ तेस्रो वर्षमा पढ्छन्। शौकत अहमद चौथो वर्षमा पढ्छन्।
यी तीन जनाविरुद्ध आईपीसीको धारा १३३ ए, ५०५(१) (बी) र आईटी कानुन, २००८ को धारा ६६ एफ अनुसार मुद्दा चलाइएको हो।
जाहेरीमा उल्लेख भए अनुसार यी तीनैजनाले भारत विरोधी नारा लगाएको आरोप छ। त्यसका साथै अराजकता फैलाउने कोशिश गरेर शान्तिपूर्ण वातावरण बिगार्न खोजेको आशंका प्रहरीले गरेको छ।
यी तीनै छात्रलाई पाकिस्तानको समर्थन गरेको आरोपमा कलेजले निलम्बित गरिसकेको छ।
Shares

प्रतिक्रिया