भारतले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ।
भारतले टस जितेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो।
एकतर्फी खेलमा भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले ३-३ विकेट लिन सफल भए।
जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए । यससँगै भारतले अन्तिम चारको सम्भावना बचाइराखेको छ।
भारतलाई जिताउने क्रममा ब्याटिङतर्फ ओपनर केएल राहुलले ५० रन र रोहित शर्माले ३० रन बनाए।
उता पराजित स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट झारेका थिए।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन जोडेको थियो। स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे।
यो जितपछि भारतले चार खेलबाट चार अंक जोडेको छ। भारतले दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ।
यो समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ। चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ।
अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रन रेटमा भारतले उछिनेको छ। स्कटल्यान्डले खेलमा हार भोगेको छ।
भारतले अब समूह चरणको अन्तिम खेल नामिबिया र न्यूजिल्यान्डले अफगानिस्तानसँग खेल्नेछ्न्।
भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिबियालाई ठूलो अन्तरले हराउनुपर्छ। उता अफगानिस्तानले न्यूजिल्यान्डलाई पराजित गर्नुपर्छ ।रन रेट पनि भारतको पक्षमा भएमा अन्तिम चारमा पुग्नेछ।
Shares

प्रतिक्रिया