बुधबार बिहान भएको खेलमा फिनल्याण्ड फ्रान्ससँग २–० गोल अन्तरले पराजित भएको छ। यससँगै उसको फिफा विश्वकप २०२२ मा पुग्ने सम्भावना सकिएको छ।
विश्वकपको लागि युरोपेली छनोटअन्तर्गत समूह डीको खेलमा फिनल्याण्डलाई विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न फ्रान्ससँगको खेल जित्नुपथ्र्यो। फ्रान्स यसअघि नै विश्वकपमा प्रवेश गरिसकेको छ।
बुधबारको खेलमा फ्रान्सलाई जित दिलाउन करिम बेन्जेमा र कायलिन एमबाप्पेले एक/एक गोल गरे।
समूह डीको शीर्षस्थानमा रहेको फ्रान्सले ८ खेलबाट १८ अंक हात पारेको छ भने दोस्रो स्थानमा रहेको युक्रेनले समान खेलबाट १२ अंक हात पारेको छ।
युक्रेनले बुधबार बिहान भएको अर्को खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्ले अफमा आफ्नो स्थान बनाएको हो।
72
Shares

प्रतिक्रिया