ad ad

खेल


सम्झना कप टेनिस प्रतियोगिता माघको दोस्रो साता हुने

सम्झना कप टेनिस प्रतियोगिता माघको दोस्रो साता हुने

नेपालखबर
मंसिर ८, २०७८ बुधबार १३:४८, काठमाडौँ

चौथो सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिता माघ दोस्रो साता हुने भएको छ। 

ललितपुर टेबल टेनिस क्लवको आयोजना तथा स्पीन इभेन्ट्स प्रालिको व्यवस्थापनमा हुने प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म हुने क्लबका अध्यक्ष उर्दीप जोशीले बताए। 

क्लबले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बगंलादेश, थाइल्याण्ड, युएई, कोरिया तथा अन्य देशबाट गरि करिब १ हजार खेलाडी सहभागी हुने जानकारी दिएको हो। 

वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गर्न लागेको प्रतियोगितामा मेन्स, वुमेन्स टिम, मेन्स वुमेन्स सिंगल, मेन्स, वुमेन्स भेन्ट्रान्स सिंगल (४० वर्षमाथि), मेन्स भेन्ट्रान्स सिंगल (५५ वर्षमाथि) गरेर ७ विधामा स्पर्धा हुनेछ। 

प्रतियोगिताको अनुमानित बजेट २१ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए। 

मेन्स वुमेन्स टिम स्पर्धाको विजेताले ५० हजार, दोस्रोले २५ र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। मेन्स–वुमेन्स सिंगल स्पर्धाको विजेताले ५० तथा उपविजेताले २५ हजार र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

भेन्ट्रान्स सिगंलको विजेताले १०, उपविजेताले ५ हजार र सेमिफाइनलिष्टले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। सम्झना ल्याबरेटोरी क्लिनिकको मुख्य प्रयोजनमा हुने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .