ad ad

खेल


भिल्लारियलमाथि बार्सिलोनाको सानदार जित

भिल्लारियलमाथि बार्सिलोनाको सानदार जित

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १४:५४, काठमाडौँ

स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ३–१ गोलले हरायो।

बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिप कोउटिन्होले गोल गरे। भिल्लारियलका स्यामुइल चुक्वेजीले एक गोल फर्काए। पहिलो हाफ गोलरहित सकिएको खेलमा बार्सिलोनाले ४८औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो।

४८औं मिनेटमा डि जोङले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। त्यसपछि ७६औं मिनेटमा स्यामुइलले अर्नाउट डानजुमाको पासमा गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरे।

भिल्लारियलको बराबरी गोलपछि जोसिएको बार्सिलोनाले ८८औं मिनेटमा पुनः अग्रता लियो। डिपाएले भिल्लारियलको रक्षकको गल्तीमा गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए। इन्जुरी समयमा कोउटिन्होले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई सजिलै जिताए।

भिल्लारियलका जुआन फोयथले डिबक्सभित्र फल खेलेपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो। ५० प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले बार्सिलोनाको रक्षापंक्ति तोड्न सकेन। बार्सिलोनाका मेम्फिस डिपाए ‘म्यान अफ दी म्याच’ भए।

जितसँगै १४ खेलबाट २३ अंक बनाएको बार्सिलोना सातौं स्थानमा छ। पराजित भिल्लारियल १६ अंक सहित १२औं स्थानमा छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ।

शनिबार रानिनै भएको अन्य खेलमा सेल्टाभिगोले डिर्पोटिभो अलाभेसलाई २–१ गोलले पराजित गरेको छ। भ्यालेन्सिया र रायोभालेकानोले १–१ तथा मालोर्का र गेटाफेले गोलरहित बरबरी खेल्दै अंक बाँडको छ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .