ad ad

खेल


यूएईसँग पराजित हुँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल

यूएईसँग पराजित हुँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १४:५८, काठमाडौँ

यूएईसँग ४८ रनले पराजित हुँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ। 

नेपाललाई पराजित गरेको युएई भने लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा पुग्न सफल भयो। 

जित्नैपर्ने खेलमा १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरको २ बल बाकी रहँदै सबै विकेट गुमाएर ७९ रनमै समेटियो। 

नेपालका लागि इन्दु बर्माले १५, सिताराना मगरले १३, सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारीले २ रन जोडिन्। 

युएईकी समाइरा धर्निधर्काले ४ तथा चामानी सेनेभिरत्ना र खुसी शर्माले समान २–२ विकेट लिए।

त्यसअघि आइसिसी एकेडेमी २ ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय  २७ रनको योगफल तयार पारेको हो। 

युएईका लागि चमानी सेनेभिरत्नले सर्वाधिक ५२ रनको योगदान गरिन्। ३६ बलको सामना गरेकी उनले ७ चौका हानिन्। उनी कविता कुवँरको बलमा बोल्ड आउट हुन पुगिन्। 

दोस्रो विकेटका लाग ओपनर तिर्थ साथिस र काविसा इगोडाजेले ५८ रनको साझेदारी गरे। 

ओपनर तिर्थ ४७ रनमा सिता राना मगरको बलमा बोल्ड आउट हुन पुगिन्। 

काभिसा २२ रन जोड्दा क्याच आउट हुन पुगिन्। अर्की ओपनर ईसा ओजा ४ रनमा कविता कुवँरको बलमा बोल्ड आउट भईन्। समाइरा धर्निभर्का सवनम राईको बलमा एबीडब्लु आउट भईन्। 

नेपालका लागि कविता कुवँरले २ विकेट झारिन्। संगिता राई, सवनम राई र सिता रानामगरले समान एक विकेट झारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .