ad ad

खेल


प्रतियोगिता नै रद्द भएपछि बन्द प्रशिक्षणमा रहेको महिला फुटबल टोली फुकुवा

प्रतियोगिता नै रद्द भएपछि बन्द प्रशिक्षणमा रहेको महिला फुटबल टोली फुकुवा

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १३:५८, काठमाडौँ

भारतमा हुने भनिएको चार राष्ट्र सम्मिलित फुटबल प्रतियोगिता नै रद्द भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई फुकुवा गरेको छ।

भारतमा हुने फोर नेसन्स कपका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला टोलीलाई एन्फाले सोमबार राति रिलिज गरेको हो। प्रतियोगिता डिसेम्बर ९ देखि २१ सम्म हुने तालिका थियो।

तर कोरोना भाइरसको महामारीका कारण भारतले प्रतियोगिता रद्द गर्दा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई फुकुवा गरेको एन्फाले जनाएको छ। 

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, थाइल्याण्ड र एक अरेबियन देश सहभागी हुने बताइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .