च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको छ। यससँगै रियल मड्रिड समूह डीको विजेता बनेको छ। रियल मड्रिडले १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।
मंगलबार राति भएको खेलमा रियललाई जित दिलाउन टोनी क्रुज र मार्को एसेन्सिओले एक/एक गोल गरेका थिए। खेलको ६४ औं मिनेटमा इन्टर मिलानका निकोलो बरेला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो।
समूह डीमा रियल मड्रिडले ६ खेलबाट १५ अंक हात पारेको छ भने इन्टर मिलान पनि समान खेलबाट १० अंक हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ।
54
Shares
प्रतिक्रिया