खेल


बन्द प्रशिक्षण सुरु : पहिलो दिन १४ खेलाडी सहभागी, १६ जना अनुपस्थित (सूची)

बन्द प्रशिक्षण सुरु : पहिलो दिन १४ खेलाडी सहभागी, १६ जना अनुपस्थित (सूची)

बन्द प्रशिक्षणका लागि सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा भेला भएका क्रिकेट खेलाडी। तस्बिर : विक्रम राई/नेपालखबर।


नेपालखबर
पुस १९, २०७८ सोमबार ११:२०, काठमाडौँ

काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा आज (साेमबार) क्रिकेट खेलाडीहरूको बन्द प्रशिक्षण सुरु भएको छ। 

यही वर्ष (सन् २०२२) अस्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट प्रतियोगिता हुँदै छ। यसैको तयारीस्वरूप बन्द प्रशिक्षण थालिएको हो। 

जसमा सबै ३० जना खेलाडी सहभागी हुने सहमति आइतबारै भइसकेको छ।

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका हुन्। 

याे पनिक्यान र क्रिकेटरबीच सहमति : कप्तान नफेरिने, चार खेलाडीको ६ महिने प्रतिबन्ध फुकुवा

तर आज पहिलो दिन १४ खेलाडी मात्र त्रिवि मैदान पुगेका छन्। 

क्यानका अनुसार पीसीआर परीक्षणलगायत प्रक्रिया बाँकी रहेकाले १६ खेलाडी आज अनुपस्थित भएका हुन्।

पीसीआर परीक्षण भएर रिपोर्ट नेगेटिभ भए पनि सागर ढकाल बिरामी छन् भने नन्दन यादव, हरिशंकर साह, विनोद भण्डारी, सुसन भारी र विक्रम सोबको स्वाब संकलन भइसकेको छ तर रिपोर्ट आउन बाँकी रहेकाले यी ६ जना होटलमै छन्।

यसैगरी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, सन्दीप जोरा, रोहित पाैडेल, करण केसी र कुशल भुर्तेलको भने स्वाब संकलन हुनै बाँकी छ। यी ९ खेलाडी भाेलिसम्म सहभागी हुने क्यानले जनाएकाे छ। 

यस्तै कप्तान सन्दीप लामिछाने भने अहिले अस्ट्रेलियामा छन्।

उनीहरूबाहेक अहिले शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेशपुलामी मगर र किशोर महतो गरी १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका हुन्।

सोमबार त्रिवि मैदानमा खेलाडीहरुले फिटनेस ट्रेनिङ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .